पल र मलिका अभिनित “गाजल टिकी” को भिडियो सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौं । पछिल्लो समय दर्शकमाझ रुचाएका नायक पल शाह र मोडल मलिका महत जोडी अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गितको भिडियो शुक्रबार केन्द्र मोसन पिक्चर नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक एकदेव लिम्बुको स्वर रहेको उक्त गितको भिडियो सार्वजनिक भएको केही समयमै हजारौंले हेरिसकेका छन् । गीतमा शब्द/संगित सन्तोष सुनारले गरेका छन् ।

गीतको भिडियोलाई बिकेश मगरले छ्यांकन तथा सम्पादन गरेका छन । त्यस्तै निर्माणमा मनोज जोशी, अमित कुमार ठकुरी स्वर्णिम भण्डारी रहेका छन् भने किरण दाहाल, बिवेक मगरको निर्देशन रहेको छ ।