उपत्यकामा सार्वजनिक यातायातलाई जोरबिजोर लागु नहुने (आदेशसहित)

everest kitchen
File photo

काठमाडौं। काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन्। शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो।

उपत्यकामा जोरबिजोर प्रणाली सार्वजनिक सवारी साधनको हकमा सो प्रणाली हटाएको छ। ट्याक्सी र निजी सवारी साधनको हकमा भने लागु गरिएको प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउन भनिएको छ। यसको लागि वैकल्पिक वा अनलाइनबाट पढाइ सञ्चालन गर्नु पर्ने छ ।