पत्रकार विश्वकर्माको मृत्यु हुनुमा अस्पतालको लापरवाही – महासंघ

everest kitchen

काठमाडौं। टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको तीन सदस्यीय अध्ययन समितिले पत्रकार विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्य कारण रहेको ठहर गरेको छ ।

समितिले तयार पारेको प्रतिवेदन अनुसार नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणाम नै पत्रकार विश्वकर्माको निधन भएको हो । समितिले पाटन अस्पतालको समेत लापरवाही औंल्याएको छ ।

यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हुने भन्दै प्रतिवेदनमा महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

प्रतिबेदन अनुसार, ”त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल तिर्न जाँदा अस्पताल काउण्टरले कोभिड परीक्षणसहितको शुल्क रु.४१०० रुपैयाँ मागेकोमा भाई गौतमसँग रुं.३५०० मात्रै भएको बताएपछि अस्पतालले कोभिड परीक्षणबाहेक रु.३२९० असुल गरेको पाइयो । बिरामीसँग पैसा नभएको र उपचारको शुल्क असुल हुन नसक्ने अवस्था बुभफ्पेछि अस्पतालले बिरामीको संवेदनशील अवस्था बुभफ्रे उनको ज्यान बचाउनेभन्दा बेवास्ता र लापरवाही सुरू गरेको देखिन्छ, ।

त्यसपछि मात्रै अस्पतालले आईसीयू र भेन्टिलेटर नभएको भन्दै पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान दबाब दिएको आधारले अस्पतालले पैसा तिर्न नसक्ने अवस्था देखेपछि बाहना भिफ्केको देखिन्छ । अस्पतालका कर्मचारीले त्यसो गुर्नको पछाडि अस्पताल प्रशासनले सेवाग्राहीसँग बिल अनुसारको रकम लिन र त्यस अनुसारको रकम नलिए या तलमाथि परे सम्बन्धित कर्मचारीबाट नै भराउने नियम कारक देखिन्छ । बिरामीबाट जम्मा ६ सय रुपैयाँसम्म पनि केही घण्टा कुरेर लिने धैर्यता नदेखाउनु र उपचार नगर्नुले अस्पतालले उपचारका लागि आइपुगेका बिरामीको जीवन बचाउनेतिर भन्दा पनि कसरी पैसा असुल्ने भन्ने गरी निजी अस्पताल भफ्ैं मुनापफ कमाउने ब्यापारिक मनोवृत्तिका साथ अगाडि बढेको पुष्टि हुन्छ ।

अस्पतालले रेपफ्र गरेपछि पनि जीवनमरणको दोसाँधमा रहेका बिरामीलाई आपफ्सुँग भएका एम्बुलेन्समापफर््त् अर्को अस्पतालको आइसीयूसम्म पुर्‍याउन मद्धत गर्नुको सट्टा १०२ मापफर््त् निःशुल्क एम्बुलेन्स बोलाएर बिरामी लैजान सुभफएको देखिएका कारणले समेत सिभिल अस्पतालको लापरवाहीका कारण बिरामीको उपचारमा ढिलासुस्ती र जोखिम बढेको देखिन्छ । अवस्था गम्भीर भनेर भेन्टिलेटरसहितको आइसीयूमा राखेर उपचार गर्नुपर्ने भनीे रेपफ्र गरेपछि सिभिल अस्पतालले आपफ््नै एम्वुलेन्समा पठाएर सामान्य मानवियता पनि नदेखाएको देखिन्छ, जसकारण एम्बुलेन्स खोजीकै लागि २०/२५ मिनेट अतिरित्तफ् समय खपत् भएको छ ।

त्यसपछि विश्वकर्मालाई पाटन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ अस्पतालले करिब ४५ मिनेट आकस्मिक कक्षमै राखेर उपचारपछि उनलाई भेन्टिलेटरमा सिफ्ट गर्ने बेला राति करिब ३ बजे उनको निधन भयो । पाटन अस्पतालले पनि बिरामीको अवस्था हेरेर सिभिलले रेपफ्र गरेको डकुमेन्टका आधारमा सिँधै आइसीयूमा राखेर उपचार गर्नुतिर लैजानु भन्दा इमर्जेन्सीमै राखेर उपचार शुरु गर्नु कमजोरी देखिन्छ, प्रतिबेदनमा भनिएको छ।”

महासंघले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । महासंघले कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या भएमा पत्रकार महासंघको सम्पर्कमा आउन पनि आग्रह गरेको छ ।