दीपा मग्रातीको ‘आकाश जूनको साथ’ सार्वजनिक

everest kitchen

प्रकाश दिप्साली राई

नडाहा, कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको पहिलो गीत “आकाश जूनको साथी …..” आज प्रविन अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भोजपुरको हतुवागढी, हसनपुरमा जन्मेकी दीपा मग्राती लामो समयदेखी कलमकर्ममा समर्पित छन् । विषेश गरी कवितामा रमाउने दीपाको यो पहिलो गीत हो । “आकाश जुनको साथी” एल्बममा रहेको दीपाको यो शब्दमा गायक प्रेम गुरुङ र गायीका हिरा थापाले सुमधुर स्वर दिएका छन् भने कर्णप्रीय सङ्गीत प्रविन अफिसियलले भरेका छन् । लोकलयमा रहेको यो गीतमा एरेन्जको काम सङ्गीतकार मनोज साङ्सोन राईले गरेका छन् । यो गीतको रेकर्ड भने किङ स्टुडियोमा गरिएको छ ।

गीतकारको रुपमा पहिलो पल्ट आफुलाई प्रस्तुत गरेकी दीपा “हतुवागढी शब्दघर”को साप्ताहिक प्रस्तुति “अक्षरालय”को प्रस्तोता हुन् । भने स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३ को सदस्य समेत हुन् । हाल उनी दैनिक रुपमा स्टोन आर्ट गर्दै चर्चामा छिन् ।

गीत र्सार्वजनिक भएपछि हामीसङ्गको कुराकानीमा आफ्नो पहिलो प्रयास रहेकोले माया गरिदिन हुन सबैलाई अनुरोध गरिन् । “गीत लेखनको हिसाबमा नयाँ पाइला भएकोले कमिकमजोरीहरु औलाउदै सरसल्लाह दिएर आगामी दिनको साङ्गगीतिक यात्रालाई सहज बनाइदिन हुन अनुरोध गर्दछु ।” उनले थपिन् । नयाअनलाइन