टिका दाहालको संगीतमा ‘नक्कली’ सार्वजनिक ( भिडियो )

everest kitchen

काठमाडौं – ‘तस्बिर’ , ‘मिल्टेरिको जुत्ता’, ‘हुन्न हुन्न हुँदै हुन्न’ लगायातका थुप्रै चर्चित गीतहरुमा संगीत भरेका चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेको नयाँ म्युजिक भिडियो ‘नक्कली’ सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा अमन प्रधानको स्वर रहेको छ भने शब्द अबुन पाण्डेको रहेको छ। यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रियाना आचार्य ‘मुन्नी’ गायक प्रधान बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियोमा तयार पारिएको हो। कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।