‘सुनन’मा प्रदिप र सविताको रोमान्स ( भिडियो )

everest kitchen

काठमाडौं – मोडल सविता कुटु र गायक प्रदिप धमला अभिनित नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ। गायक प्रदिप धमलाको स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो।

प्रेमिल शैलीको यस गीतमा शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ।

म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।