शिशिरजयको ‘तिमी हौ तिमी’ मा पूजा र आर्यन ( भिडियो )

everest kitchen

काठमाडौँ । ‘तिमी हौ तिमी’ बोलको नयाँ म्युजिक भर्खरै डिजिटल वजारमा सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतमा शिशिरजय खरेलको शब्द संगीत रहेको छ। विषम आचार्यले गीतलाई संगीत संयोजन रहेका हुन्। म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा लाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्य रहेको यस भिडियोलाई ‘जय हो’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई छोटो समयमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया र साथ प्राप्त भैरहेको छ।