६ राजनीतिक दलद्वारा एमसीसीको विरोध स्वरुप नेपाल बन्द

everest kitchen

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरुद्धमा आज विभिन्न राजनीतिक दलले नेपाल बन्द आह्वान गरेका छन् । बन्द आह्वानपछि देशभर जनजीवनमा केही असर परेको छ ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।