एमसीसी जबर्जस्ती पास गर्ने प्रयास नगर्न खनालको चेतावनी

everest kitchen

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।

सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क समेत गरे ।

सम्मानित नेता खनालले यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे ।