त्रिवेणी -३ को वडा कार्यालय भवन उद्घाटन

everest kitchen
फोटो : निर्मला विष्टको फेसबुकबाट

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-३ को वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले वडा कार्यालयको भवन उद्घाटन गरेका हुन ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १० लाख ७० हजार लागतमा उक्त भवन निर्माण गरिएको कार्यालयले जनाएको छ । यसअघि बन्द अवस्थामा रहेको विद्यालयको जिर्ण भवनबाट सेवा दिदै आएकोमा भुकम्प प्रतिरोधि प्रबिधिबाट सामान्य चार कोठे भवन निर्माण गरिएको वडाअध्यक्ष मोहन ओलीले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणको लागि आवश्यक प्रयाप्त बजेट अभाव भएपनि सानै बजेटमा भवन निर्माण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट खड्का, जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली, त्रिवेणी गाउँपालिका काङ्ग्रेसका सभापति दिपेन्द्र ओली, त्रिवेणी गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष गणेश खड्का लगायत जनप्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

साथै, सोअवसरमा उक्त वडावासी महिलाहरुले पनि एक कार्यक्रमको आयोजना गरी नारी दिवससमेत मनाएका छन् ।