मलेसियामा दुई वर्षपछि विदेशीका लागि प्रवेश खुल्ला गरिदै

everest kitchen

एजेन्सी । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

मलेसियामा कोभिड-१९ पछि मलेसियन नागरिक, मलेसियामा स्थायी बसोबास गर्ने आप्रवासी, मलेसियामा व्यवसाय गरिरहेका विदेशी र भिषा अबधि भएका श्रमिकहरु मात्रै प्रवेश पाउदै आएका थिए ।

कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।

विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् । दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।

मलेसियामा कोभिड-१९ पछि विदेशीका लागि भिषा खुला गरेसंगै विदेशी कामदार भित्र्याउने प्रक्रिया छिट्टै लागु हुने विश्वास गरिएको छ ।