चेपाङ संघको पाँचौ महाधिवेशन स्थगित

everest kitchen

भरतपुर । नेपाल चेपाङ संघको संघीय पाँचौ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। चितवन जिल्लाको भरतपुर स्थित चेतना भिलेजमा शुर चैत ३ गते मंगलबार सुरु भएको महाधिवेशन खुल्ला सत्र सकिए लगत्तै भएको छलफल पछि सहमति हुन नसके पछि महाधिवेशन कार्यक्रममा आन्तरिक बिबादका कारण महाधिवेशन स्थगित भएको हो।

नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले सुचना जाहेर गर्दै महाधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।

नेपाल चेपाङ संघको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र समापनपछि बसेको केन्द्रिय कार्यकारिणी समितीको आन्तरिक बैठकमा विवाद सिर्जना भएको बताएको छ । संघको सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिबेदनमाथि छलफल भईरहंदा संघको बिधान अनुरुप नभएको प्रदेश कार्यसमिति गठन गरिएपनी प्रदेश अधिकार र जिल्लाको अधिकार तथा स्थानिय तहको अधिकारको अन्योलता भएको भन्दै विरोध भएको एक सदस्यले जानकारी दिए ।

नेपाल चेपाङ संघको पटक-पटक संशोधन बिधान संरचना अनुरुप जिल्ला प्रशासन कार्यालय काठमाडौबाट स्वीकृत गराई

महाधिवेशन प्रतिनिधि छनौट तथा प्रदेश कार्यकारिणी समितिको अधिकार बिधान संवत् स्वीकृत गरेपछी मात्र बांकी कार्यक्रम सम्पन्न गर्ने उल्लेख गरिएको छ ।