फोनिजको सातौं महाधिवेशन चितवनमा

everest kitchen

सौराहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ संघीय महाधिवेशन आइतबारदेखि सौराहामा सुरू हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू चितवन आइसकेका छन् ।

फोनिजका संघीय अध्यक्ष डण्ड गुरूङका अनुसार महाधिवेशनमा सहभागी हुन करिब ४५० प्रतिनिधि सहभागी हुनेछन् ।

आइतबार हुने उद्घाटन सत्रमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नेछन् । सौराहाको गैँडाचोकस्थित थारु सांस्कृतिक घरमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चुनिने छन् ।

कार्यक्रमको उद्घाटन हुनुपूर्व गैँडाचोकदेखि हात्तीचोक हुँदै पुनः गैँडाचोक हुँदै कार्यक्रमस्थलसम्म विभिन्न जनजातिको झाँकीसहित ¥याली हुने फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए ।

महाधिवेशनले फोनिजको विधान शंसोधनसहित पारित गरिनेछ । २०६५ सालमा स्थापना भएको संस्थाको ६० जिल्ला शाखा, आठ संस्थागत सदस्य संगठन र छ वटा विदेश शाखा छन् । फोनिजका सदस्य संख्या चार हजार बढी रहेका संघीय समितिले जनाएको छ ।