मलेसिया तथा खाडीमा रहेका श्रमिकको वैदेशिक रोजगारी र तनाव व्यवस्थापन कसरी गर्ने ?

everest kitchen

काठमाडौं । वैदेशिक रोजगारी र तनाव व्यवस्थापन सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को प्रवासीसँग डाक्टर नामक कार्यक्रमको पाँचौ श्रृङखलामा वैदेशिक रोजगारीमा र तनाव व्यवस्थापनसंग सम्बन्धित रहेर कार्यक्रम हुने भएको हो ।

कार्यक्रम आगामी चैत १८ गते अर्थात १ अप्रिलमा भर्चुअल माध्यमबाट हुने भएको छ । नेपाली समयको साझ ७:३० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा प्रवासमा रहेका नेपालीहरुलाई लक्षित गरेर मनोसामाजिक परामर्शदाता रवन दाहालले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा सहभागी हुन जुम आइडी २८९७४१४०६३ र पासकोड pncc प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । विभिन्न सचेतनामुलक कार्यक्रम तथा प्रवासमा समस्या परेका श्रमिको उद्धारमा निरन्तर लागि रहेको पीएनसीसीले कार्यक्रमको चौथो शृंखलामार रोजगारीमा रहँदा संतुलित आहार” को महत्वमा आधारित सचेतनामूलक कार्यक्रम गरेको थियो ।

आगामी कार्यक्रम वैदेशिक रोजगारीमा के-कस्ता कारणले गर्दा तनाव सिर्जना हुने गर्दछन्? तिनको व्यवस्थापन गर्न सकिएन भने अन्तत्वगत्व त्यसको परिणाम कस्तो हुने गर्दछ? र त्यसको समाधान कस्तो रहने लगायतका विषयहरुमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने पीएनसीसीका कार्यक्रम संयोजक भरत नेपालले जानकारी दिए ।

कार्यक्रमलाई पीएनसीसी तथा हिमाल टाईम्सको आधिकारिक फेसबुक पेजबाट समेत प्रत्येक्ष प्रसारण गरिदै आएको छ ।