गजल – हिरामाया घिसिङ्ग

everest kitchen

गाह्रो थप्दै छ मौसमले कर्तव्य भुलेपछि
छाला सुक्खा आँखा पीरो तुवाँलो हुलेपछि।

महिना बित्न लागेछ पारी गाउँ नेदेखेको
यसरी फोटो खिच्न हतार मौसम खुलेपछि।

ऋतुको राजा वसन्त रे पालुवा लोभ्याउने
मौरी नि खुसी हुन्थ्यो कति मयल फुलेपछि।

वर्षैपिच्छे चिन्ता थप्ने युगमा जन्म किन भो?
गत वर्ष बित्यो हात मुख धुँदै गाउँ डुलेपछि।

बुढापाका अड्कलाउँछन् फैलिने भो रे औलो
फेरि अर्को माइलो समस्या कोभिड ठुलेपछि।