एमाले राक्सिराङ गाउँपालिकाको गाउँ स्तरिय पार्टी प्रशिक्षण सम्पन्न

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको गाउँ स्तरिय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भने मकवानपुर जिल्लाको १० वटा पालिका मध्य मा थाहा नगर बाहेकको सबै पालिकाहरुमा आज एकै साथ पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम गाउँकमिटी अध्यक्ष सिंग राम रुम्बा , नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य सम्राट तुम्बाहाम्फे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

त्यस्तै कार्यक्रमता बिशिस्ट अतिथि स्थानीय चुनावको लागि राक्सिराङ गाउँपालिकाको सहजकर्ता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य ईन्द्रमान स्याङ्तान र जिल्ला कमिटी उपाध्यक्ष लाल बहादुर थापा रहेका थिए । अतिथिको रुपमा जिल्ला सचिवालय सदस्य सुन्तली माया चेपाङ, जिला कमिटी सदस्यहरु,राक्सिराङ गाउँ कमिटी ईन्चार्ज बाबू लाल स्याङ्तान,सह ईन्चार्ज सिग लाल प्रजा,संजय कोइराला लगायत थुप्रै नेताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सर्कुलर अनुसार जिल्ला लाई आएको आदेश अनुसार चैत महिनाको २३/२४ गते वडामा उठ्ने अध्यक्ष सदस्य पदको उमेरद्वारहरुको नाम संकलन गरि बुझाउनु पर्ने र २५ गते गाउँ पालिका अध्यक्ष उपाध्यक्ष को उमेदवारहरुक नाम संकलन गरि पठाउनु पर्ने जिल्ला कमिटीको सर्कुलर रहेकी बताएको छ।