युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा फेल

everest kitchen

एजेन्सी । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।

फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो ।
शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रस्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो ।

राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएभएछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ ।
तर युद्धका कारण सहर ध्वस्त बनेको छ । अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् ।