नेपाली राजदुतावास मलेसिया २०७९मा १८ दिन बन्द रहने, यस्तो छ विदा तालिका

everest kitchen

काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले सार्वजनिक विदा तालिका सार्वजनिक गरेको छ । दुतावासले सार्वजनिक गरेको तालिका अनुसार आगामी बर्ष २०७९ मा १८ दिन दुतावास बन्द रहने तालिका सार्वजनिक गरेको हो ।

नेपाली नयाँ बर्षसंगै लागुहुने नेपाली पात्रो अनुसार यहीँ २०२२ अप्रिल १४तारिखबाट १३ अप्रिल २०२३ सम्म उक्त तालिका लागु रहनेछ । नेपाली प्रमुख सार्वजनिक जिदा र मलेसिया स्थित प्रमुख सार्वजनिक विदाहरु अनुसार दुतावासले विदा कायम गरेको छ ।

दुतावासले मंगलबार एक सुचना जारी गर्दै भनेको छ, “विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरूलाई समेत दृष्टिगत गरी सार्वजनिक बिदा व्यवस्थापन गर्नुपर्ने नेपाल सरकारको निर्णयानुसार संवत् २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि नेपाली राजदूतावास क्वालालम्पुरको देहाय बमोजिमका बिदा रहने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”