अस्वस्थ भएपछि महन्थ ठाकुरलाई हेलिकप्टरबाट काठमाडौं लगियो

everest kitchen

बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

अक्सिजन लेभल कम देखिएपछि ठाकुरलाई काठमाडौं रेफर गरिएको हो । ठाकुरलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता महेन्द्र गुप्ताले बताए ।

अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको थियो । ठाकुरमा निमोनिया र अक्सिजन लेभल कम देखिएको बताएको छ ।