घाइते तामाङलाई काभ्रे कल्याणकारी समाज र तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोग

everest kitchen

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका घाइते अजय तामाङलाई नेपाल तामाङ घेदुङ मलेसिय र काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।

काभ्रेको रोशी गाउपालिका वडा नम्बर-८ निबासी अजय तामाङलाई नेपाल तामाङ घेदुङ मलेसिय र काभ्रे कल्याणकारी समाज मलेसियाले संयुक्तरूपमा ९ हजार १७० रिङ्गेट आर्थिक सहयोग गरेको हो ।

बैदेशिक रोजगारिको सिलसिलामा मलेसिय आएका अजय तामाङले आफुले चलाउदै अएको मेशिन अनियन्त्रित भै अफ्नो हात गुमाएका थिए ।