डब्लुएचओका महानिर्देशक काठमाडौंमा

everest kitchen

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल लगायतका मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।

महानिर्देशक गेब्रेयससले बिहीबारदेखि शनिबारसम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।