माओवादीले सल्यानले १० पालिकामध्ये ७”पालिका उम्मेदवार टुंगो लगायो

everest kitchen

सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागान भने बाँकी छ।

हाल टुंगो लागेका स्थानीयतहमा शारदा नगरपालिकामा मेयरमा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिका मेयरमा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिका अध्यक्षमा प्रकाश भण्डारी, त्रिवेणी गाउँपालिका अध्यक्षमा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाका अध्यक्षमा निमबहादुर केसीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

बागचौर नगरपालिकाबाट ६ जना, कुमाख गाउँपालिकाबाट ५ जनाको नाम सिफारिस भएको बताएको छ । त्यस्तै, छत्रेश्वरीमा पनि अहिलेसम्म उम्मेदवार टुंगो लागेको छैन ।छत्रेश्वरीमा सहमति प्रयास भईरहेको बताएको छ ।