कंचनपुरको कृष्णपुर-४ मा स्वतन्त्रबाट सिंहको उम्मेदवारी

everest kitchen

समीर माल्ल
काठमाडौं । आगामी वैशाख ३० हुने स्थानीयतह निर्बाचनको लागि कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको ४ को वडा अध्यक्षमा खगेन्द्र बहादुर सिंहले उम्मेदवारी दर्ता गराएकन छन् ।

दार्चुला जिल्लाको तत्कालीन लटिनाथ गाबिसको मार्मा मटेलाबाट २ दशक पहिला बसाइसरी कंचनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका सिंह लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनितिमा रहेका थिए ।

सधै राजनितिको रुपमा कार्यकर्ता पाल्ने र पार्टीको निर्देशनमा बिकासको नाममा नेताको पेट पाल्ने काम मात्रै भएकोले त्यसको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको सिंहले बताए ।