राक्सिराङमा १७२ जनाको मनोनयन दर्ता अध्यक्षमा ७ जनाको उम्मेदवारी

everest kitchen

सविन कुमार लोप्चन
हेटौंडा । मकवानपुर जिल्ला को पश्चिमी भेग राक्सिराङ गाउँ पालिका मा अध्यक्ष पदमा ७ जना उपाध्यक्ष पदमा ४ जना सहित जम्मा १७२ जनाको मनोनयन दर्ता भएको छ।

मनोनयन दर्ता गर्नेमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा बाबू लाल स्याङ्तान उपाध्यक्षमा सुन्तली माया चेपाङ, गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका राज कुमार मल्ल र माओवादी केन्द्र बाट उपाध्यक्ष पदमा बनस्तम थिङले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काङ्ग्रेस बाट अध्यक्ष पदमा मनोनयन भएका मल्ल भने २०७४ मा निर्वाचित गाउँपालिका अध्यक्षसमेत हुन।

त्यस्तै पालिका अध्यक्षमा स्वतन्त्रमा समाज लामाले मनोनयन दर्ता गरेका छन् भने त्यस्तै मंगोल अर्गनाइजेसन बाट युनिस मोक्तानले गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष पदमा कृष्ण बहादुर प्रजा र उपाध्यक्षमा मिलन कुमारी मोक्तान, जसपाबाट यस कुमार प्रजाले पालिका अध्यक्षको लागि मनोनयन दर्ता गरेका छन।

त्यस्तै नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अध्यक्ष हस्त बहादुर मोक्तानले स्वतन्त्र उमेरद्वारी दर्ता गरेका छन भने २०७४ मा काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ्ले उपाध्यक्ष पदको लागि स्वतन्त्र उमेरद्वार दर्ता गरेकी छन् ।

त्यस्तै एमालेको तर्फ वडा अध्यक्षहरुमा १ नम्बर वडामा बबिराम मोक्तान, २ नम्बरमा सिताराम प्रजा,३ नम्बरमा उत्तम वाईबा,४ नम्बरमा सञ्जय कोईराला ५ नम्बरमा कमल प्रसाद मोक्तान,६ नम्बर सिंग लाल प्रजा,७ नम्बरमा सुर्य बहादुर प्रजा ८ नम्बरमा संचलाल प्रजा,९ नम्बरमा मेम्बर सिं लामा रहेको छ।

त्यस्तै नेकपा माओवादीको तर्फ बाट १ नम्बर वडामा जोगमान थिङ,२ नम्बरमा कृष्ण बहादुर थिङ,३ नम्बरमा लाल बहादुर थोक्रा,४ नम्बरमा भिम लाल थिङ,५ नम्बरमा चन्द्र मान प्रजा, ६ नम्बरमा अकल बहादुर मोक्तान,७ नम्बरमा कृष्ण बहादुर बाल्पा थिङ,८ नम्बरमा युसाई प्रजा र ९ नम्बरमा चन्द्र बहादुर लामा को वडा अध्यक्षमा मनोनयन दर्ता गरेका छ।

त्यस्तै नेपाली काङ्ग्रेसबाट १ नम्बरमा सिंगराम ब्लोन,२ नम्बरमा बुद्धराम मोक्तान,३ नम्बरमा प्रकाश रंगाली,४ नम्बरमा बिकास भोलोन,५ नम्बरमा हरि बहादुर प्रजा,६नम्बरमा राज कुमार प्रजा,७ नम्बरमा राम बहादुर प्रजा,८ नम्बरमा राम कृष्ण प्रजा,९ नम्बरमा राम कुमार बाल्पा थिङ ले वडा अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट ४ नम्बरमा किशोर कुमार ब्लोन,५ नम्बरमा जुनियल प्रजा,६ नम्बरमा कृष्ण लाल मोक्तान,८ नम्बरमा बिराम प्रजा,९ नम्बरमा अमर बहादुर बाल्पा थिङ वडा अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन।

त्यस्तै जसपा बाट राजु प्रजाले ५ नम्बर र उमेश कुमार प्रजाले ८ नम्बरमा मनोनयन दर्ता गरेका छन भने मंगोल अर्गनाइजेसन नेपाल बाट वडा नम्बर ६ मा सफल मोक्तान ले मनोनयन दर्ता गरेको छ।

त्यस्तै वडा नम्बर ४ मा गोपाल मोक्तान, बिरेन्द्र लोले स्वतन्त्र उमेरद्वार दिएका छन् भने ८ नम्बरमा पनि दिपक लामा,राम बहादुर मोक्तानले स्वतन्त्र उमेरद्वार दर्ता गरेका छन् ।