हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी

everest kitchen

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ ।

आजै बिहान कपिलबस्तुको शिवगढीमा बसेको विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षको बैठकले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

निर्णयलगत्तै कारबाहीमा परेका पक्षले बैठक बसेको हो । उनीहरुले छुट्टै पार्टी बनाएर आजै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

पार्टी केन्द्रीय समितिमा ओली र बास्तोला पक्ष बहुमतमा दिए । पार्टी विभाजन भएपछि कसको पक्षमा कति हुन्छन् भन्ने एकिन हुन सकेको छैन् । यद्यपि ओली र बास्तोला पक्षले पनि विप्लव सहित प्रवक्तालाई कारवाही गर्ने तयारी गरेका गरेको छ ।