त्रिवेणीमा जित सुनिश्चित छ, पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम गर्नुछ – गणेश केसी

everest kitchen

 

अध्यक्ष पदका उम्मेदवार केसी

रुकुम (पश्चिम) । वैशाख ३० मा हुन लागेको स्थानियतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फका अध्यक्षका उम्मेदवार गणेश केसी “हिमाल”ले आफु निर्वाचित भएपछि पहिलो लक्ष्य जनता प्रति उत्तरदायी भएर काम गर्ने रहेको बताएका छन् ।

बुधबार त्रिवेणी-६ मा नेकपा माओवादी केन्द्र त्रिवेणीको चुनावी सभामा आफ्नो चूनावी एजेन्डा सहित प्रतिबद्धता गर्ने क्रममा उनले “पहिलो लक्ष्य जनता प्रति उत्तरदायी हुने र दोस्रो सरकारले थालेको विभिन्न विकासका कामको स्वामित्व लिने संरक्षण गर्ने र त्यसलाई निरन्तरता  दिने बताए  ।

केसीले भने, “प्रतिष्ठाको लागि म अगाडि बढेको छैन।एउटा जिम्मेवारीको भारि बिसाउने गरि उम्मेदवारी लिएर अगाडि बढेको छु, लक्ष्यमा पुग्नु छ । स्वास्थ, शिक्षा,बाटो, बत्ती तथा दिगो विकास लगायतका कार्यक्रम जनतालाई सोधेर मात्रै गरिनेछ । पार्टी भने विचारको सरकार हो, त्यसलाई अनुसरण गर्दै सरकारको नेतृत्व गरिनेछ ।”

फोर व्यवस्थापन, सार्वजनिक सौचालय निर्माण लगायतका सामाजिक सेवाका काम गर्नेछौ, “उनले भने” हजुरहरुले बनाएको योजनालाई विभिन्न विज्ञ, समुह, समुदायसंग सल्लाह गरेर सरकारले कार्यनयनको बाटोमा जाने गरि काम गरिनेछ । राज्यबाट वितरित बजेट को पारदर्शीता तरिकाले सार्वजनिक गरेर मात्रै बजेट कार्यनयन गर्ने तिर लागिनेछ ।

नियम, कानुन, संबिधान र जनताले भनेका कुरालाई मात्रै कार्यनयन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। साथै उनलेे, चुनाव कसरी जित्ने सवाल हैन । हाम्रो जित सुनिश्चित छ । मात्रै के छ भने कति भोटले जित्ने भन्ने मात्रै हो ।

उपाध्यक्ष पदकी उम्मेदवार राजकुमारी खडका रेउले

त्यस्तै माओवादी केन्द्रबाट उपाध्यक्ष पदकी उम्मेदवार राजकुमारी खडका रेउले महिलाहरुको लाग्ने र महिलालाई अधिकार सम्पन्न तथा नेतृत्वदायी बनाउने तिर लाग्ने बताईन । साथै उनले शिक्षा, स्वास्थ तथा खानेपानी जस्ता आधारभूत कुराहरुलाई प्रथामिकतामा राखेर अगाडि बढ्ने बताईन ।

यस्तै, माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा त्रिवेणीका वर्तमान अध्यक्ष झक्कु प्रसाद घर्ती मगरले हाम्रो बलबुताले भ्याएसम्म गरेको र बाँकी कार्यभार नयाँ नेतृत्वले गर्ने बताए । केही थाहा नपाएको नौलो व्यवस्थामा टेकदै गर्दा थुप्रै चुनौतीहरु पार गर्दै आएको घर्तीले बताए ।

घर्तीले भने, “पहिलो वर्ष केन्द्र विवाद र व्यवस्था बुझ्दै सकियो, दोस्रो बर्ष कर्मचारीको व्यवस्थापन, जनशक्ति परिचालन, निति निर्माण लगायतको व्यवस्थापन मै समय सकियो । तेस्रोदेखि कोरानाले तहसनहस बनायो । त्यसबीचमा थुप्रै बजेट परिचालन तथा ठुलाठुला गौरवका आयोजना सञ्चालन तथा सुरुवात गरिएको छ, यसलाई निरन्तरता दिएमात्रै सार्थकता रहन्छ ।”

पार्टीले जुन निर्देशन गरेको छ,सोही अनुसार,,संघर्ष अन्तरसंघर्ष चल्दै गर्दा पनि एक्यवद्धता सहित प्रतिबद्धता व्यक्त गर्दै चूनावी मैदान होमिएको र स्थानीय सरकारले सुरुवात गरेका बाँकी कार्यभार पुरा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउन अध्यक्ष घर्तीले अनुरोध गरे।

साथै उम्मेदवारहरुलाई निर्मित आधारहरुको जगमा टेकेर अगाडि बढ्न तयार हुनुपर्ने मात्रै नभै थप चुनौतीहरुको सामना गर्न सक्ने गरी अगाडि बढ्नुपर्नेसमेत अध्यक्ष घर्तीले सुझाए ।

यस्तै माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा त्रिवेणीकाकी उपाध्यक्ष निर्मला बिष्ट खडकाले सुरु चुनाव जितेर आउदा के गर्ने? कहाँ बस्ने? कसरी जाने समेत अन्यौलता रहेकोमा निरन्तरको प्रयासपछि गाउँपालिकालाई व्यवस्थित गर्न सकिएको बताईन् ।

उनले भनिन्, ” सुरु जितेर आउदा गाउँपालिका बस्ने एउटा कोठा र कुर्सी समेत थिएन, पछि त्यो समस्या हल गर्दै गाउँपालिकाको लागि ५४ रोपनी नि:शुल्क जग्गादेखि आफै प्रशासनिक भवन नर्मान गरेरै कार्यसम्पादन गर्दै आएका छौ” । त्रिवेणीमा २ दर्जन बढी ठूला परियोजनासमेत सुरुवात तथा सञ्चालन गरेका छौ,।”

भद्र बहादुर सिर्पाली वडा अध्यक्ष पदका उम्मेदवार

त्रिवेणी -६ मा भद्र बहादुर सिर्पालीको प्यानल माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएको छ । उक्त वडामा यसअघि माओवादीकै राजेन्द्र पुनले जितेका थिए ।