श्रममन्त्री श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ मलेसियाको कार्यालय उद्घाटन

everest kitchen

मलेसिया । मे १ अर्थात श्रमिक दिवसको दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसियाको कार्यलय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठद्वारा उद्घाटन भरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तब्यको क्रममा बोल्दै बैदेशिक रोजगारमा जानु नेपालीहरुको बाध्यता हो । तर बैदेशिक रोजगारीमा आउने क्रममा नेपालीले नेपालीलाई नै ठग्ने गरेको पाईएकोछ तेस्ता मेनपावर ब्यवसायीहरुलाई आफु नेपाल फर्किए पछि कार्वाही गर्ने र शून्य लागतको बाहानामा श्रमिकहरुसंग ठुलो मात्रामा पैसा असुल्ने कार्य हटाएरै छाड्ने प्रतिबद्धता जाहेर गरे ।

श्रमिकहरु र रोजगारदाताहरुको सुमधुर सम्बन्ध भए मात्र बैदेशिक रोजगारीलाई मर्यादित हुने बताए । जसकालागि निरन्तर काम गरिरहेकोछु र आफ्नो कार्यकालमा श्रमिकहरुलाई अहित हुने कुनै सिन्डिकेट हुन नदिने पनि बताए । अर्थ मन्त्रालयमा भएको कार्यक्रममा बैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई लक्षित गरि बजेट तयार गर्न १२ बुदे प्रस्ताव गरेको पनि बताए ।

मलेसियामा भ्रमणको क्रममा मलेसियाका मानवसंसाधन मन्त्री र गृहमन्त्री संगको भेटवार्तामा नेपाली श्रमिकहरुको समस्या समधान तथा सेक्युरिटी गर्डाहरुको तलव वृद्धि गर्नु पर्ने प्रस्ताव गरेको र छिटैनै मलेसिया सरकारको प्रतिनिधि तथा नेपाली दुतावास मलेसियाको प्रतिनिधि बिच सम्झौता नै हुने उनले बताए ।

साथै मे १ बाट मलेसियाको सरकारले न्युनतम तलब १५०० रिंगेट बनाएकोमा धन्यबाद ज्ञापन गर्दै मलेसियामा रहेका श्रमिकहरुलाई यसबाट राहत हुने बिस्वास ब्यक्त गरे । मन्तब्यको क्रममा मलेसियाका गैरआवसिय नेपाली संघ साथै अन्य संघसंस्थाले गरेको योग्दान प्रति धन्यबाद ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेपली दुतावास मलेसियाका कार्यवाहक राजदुत मोति बहादुर श्रीषले शुभकामना मन्तब्य राख्दै दुतावासले मलेसियामा रहेको नेपालीहरुको सेवा र सुविधाको लागि सधै तत्पर रहि कार्य गरिरहेको बताए । साथै मलेसियाको विभिन्न हरसमा कन्सुलर सेवा तथा ई-पासपोर्ट नविकरणको लागि घुम्ति सेवा सुचारु गर्ने योजना रहेको जानकारी गराए ।

कार्यक्रमको सभापति गैरआवासीय नेपाली संघ मलेसियाको अध्याक्ष बिनोद कुमार थापाले कार्यक्रम समापन गर्दै मलेसियाको राजधानी क्वालालम्पुर स्थित सेल्टर हाउस सहितको गैरआवासीय नेपाली संघ राष्ट्रिय समिति मलेसियाको नयाँ कार्यलय सुचारु गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

मलेसियामा अलपत्र तथा बिरामी परेका नेपालीहरुलाई उद्धार गरि नेपाल नपठाए सम्म बस्न तथा खानाको ब्यवस्था समेत गर्ने अध्यक्ष बिनोद थापाले बताए । साथै गैरआवासीय नेपाली संघले श्रमिकहरुलाई आर्थिक सहायता गर्नको योजना तय भएको उद्घोष गरेको थियो ।

कार्यक्रम मलेसियामा रहेको श्रम मन्त्रीका भ्रमण टोली, नेपाली दुतावासका पदाधिकारीहरु, मलेसियामा कृयाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरू साथै मलेसियामा रहेको नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा मलेसियामा खेलकुदमा सकृय नेपाली खेलाडिहरुलाई सम्मान तथा खेलकुद सामग्री बितरण गरिएको थियो । साथै कोभिडको महमारीमा खटिएका संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।