टिका दाहालको संगीतमा ‘कौवा करायो’ सार्वजनिक ( भिडियो )

everest kitchen

काठमाडौँ । टिका दाहालको संगीतमा समावेश ‘कौवा करायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर भोइस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको रहेको छ। पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतमा रमेश दाहालको शब्द रहेको छ।

गीतलाई संदेश परियारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ। भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा ( काउली बुढी ) नव विवाहित दम्पति पात्रका रुपमा फिचर्ड छन्। हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरि संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ। केशब राज भट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि संगीतकार दाहालको संगीतमा रहेका ‘हुन्न हुन्न हुदै हुन्न’, ‘मिल्टेरीको जुत्ता’, ‘एकै नजरमा’, ‘तस्बिर’ लगायत थुप्रै चर्चित म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।