ग्यास सिलिन्डर बिस्फोटमा परेकी कापरलाई मलेशियाबाट आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
काठमाडौं । धनुषाको सबैला नगरपालिका वार्ड न – १० का अन्दाजी ५० बर्षकी सोना बती कापरको परिवारलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । नेपाली बीस हजार रुपैयाँ सहयोग गरिएको हो ।

बिजय कुमार मण्डलको नेतृत्वमा मलेसियाको विभिन्न शहर र वाईएचआई कम्पनीमा कार्यरत नेपाली लगायत अन्य मुलुक म्यानमार,बंगलादेश, भियतनाम र स्थानीय मलेसियन नागरिकहरुबाट सहयोग संकलन गरिएको बताएको छ ।

सुलिन्द्र कुमार मण्डल , मुकेश मण्डल ,हेम चन्द्र मण्डल, अमित मण्डल र धिरज कुमार मण्डल लगायतको युवाहरूको टोलिले पीडितको घरमा पुगर रकम हस्तान्तरण गरेको थियो ।

उनको खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर बिस्फोट हुदा उक्त दुर्घटनामा परेर शरिरको विभिन्न अंगहरु जलेर घाइते भएकी थिईन । आर्थिक अवस्था कम्जोर भएको उनको थप उपचार गर्न समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।