त्रिवेणी- बाट काङ्ग्रेसका दिपेन्द्र ओलीको प्यानल विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्रिवेणी -३ को वडाअध्यक्षमा काङ्ग्रेसका दिपेन्द्र कुमार ओली विजयी भएका हुन ।

वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका दिपेन्द्र कुमार ओलीले ६९२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका बिरभान ओलीले ५०९, एमालेका पदम खडकाले १६, नेकपा एकीकृत समाजवादीका प्रेम कार्कीले ७ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले १ हजार १३८ मत ल्याएका छन् । त्रिवेणी-३ बाट मात्रै उनले ५५० मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले ८६६, एमालेका चोपलाल खडकाले ४४ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ८, र राप्रपाका डिल्ली बहादुर खड्काले शुन्य मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले १ हजार १२७ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ८७९ र एमालेकी धनकला बिष्टले ४१ मत ल्याएकी छन् ।

जम्मा खसेको १२६१ मतमा १७ मत बदर भएको थियो । उक्त वडामा कुल १६२५ मतदाताहरु रहेका छन् । यसअघि उक्त वडामा माओवादी केन्द्रका मोहन ओलीले जितेका थिए ।