त्रिवेणी-५ मा माओवादी केन्द्रका रण बहादुर पुनको प्यानल विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-५ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -५ मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका रणबहादुर पुनको प्यानल विजयी भएको हो ।

वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका रण बहादुर पुनले ६२० मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका रमेश ओलीले ५६२ मत ल्याएका छन । एमालेले भने उक्त वडामा काङ्ग्रेसलाई सहयोग गरेको थियोे ।

त्यस्तै गाउँपालिका अध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।  माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले २ हजार २०९ मत ल्याएका छन् । त्रिवेणी-४ बाट मात्रै उनले ६९३ मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले १ हजार ८१७, एमालेका चोपलाल खडकाले ८१, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ९ र राप्रपाका डिल्ली बहादुर खड्काले शुन्य मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले २ हजार ९३ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले १ हजार ९२३ र एमालेकी धनकला बिष्टले ७५ मत ल्याएकी छन् ।

जम्मा खसेको १२५९ मतमा २३ मत बदर भएको थियो । यसअघि उक्त वडामा माओवादी केन्द्रका खडग घर्ती मगरले जितेका थिए ।