रुकुमको त्रिवेणी -९ मा काङ्ग्रेसका हरी बहादुर खड्का एक सदस्यसहित विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-९ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका हरी बहादुर खडका र विजयी भएका छन् । त्रिवेणी -९ को वडाअध्यक्षमा काङ्ग्रेसका हरीबहादुर खडका एक खुला सदस्यसहित विजयी भएका हुन ।

वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका खड्काले ४४६ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका जनक विश्वकर्माले ४१२ मत ल्याएका छन् ।

यद्यपि खुला सदस्यमा काङ्ग्रेसका एक सदस्य विजयी भएका छन् भने माओवादी केन्द्रका तर्फबाट महिला सदस्यमा, एक खुल्ला सदस्य, एक दलित महिला सदस्य विजयी भएका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । अहिलेसम्म काङ्ग्रेसले ४ वडाअध्यक्षमा जित निकालेको छ भने काङ्ग्रेसले ४ वडामा प्यानलसहित जित निकालेको छ ।