त्रिवेणी-१० मा माओवादी केन्द्रका शेरमान खडकाको प्यानल भारीमतले विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-१० नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्रिवेणी -१० मा वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका शेरमान खडकाको प्यानल विजयी भएको हो ।

वडाअध्यक्षको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका शेरमान खड्काले ५९४ मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका शेरबहादुर खत्रीले ३८० मत ल्याएका छन । एमालेका वडाअध्यक्ष पदका उम्मेदवारले २२८ मत ल्याएका छन् ।

यस्तै, गाउँपालिका अध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले ४ हजार ६६० मत ल्याएका छन् । त्रिवेणी-७ बाट मात्रै उनले ५९४ मत ल्याएका हुन ।

हालसम्म काङ्ग्रेसका अमरसिं खड्काले ३ हजार ९८२, एमालेका चोपलाल खडकाले १४५, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५२ र राप्रपाका डिल्ली बहादुर खड्काले ३ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ४ हजार ६६८ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ४ हजार १ र एमालेकी धनकला बिष्टले १४१ मत ल्याएकी छन् ।

त्रिवेणी -१० मा १०५२ मत खसेको थियो । यसअघि उक्त वडामा नेपाली काङ्ग्रेसका शेरमान खत्रीले जितेका थिए ।