त्रिवेणीमा माओवादी केन्द्रका केसी र रेउले विजयी

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गणेश कुमार केसी “हिमाल” र उपाध्यक्षमा राजकुमारी  रेउले खड्का  ५ वडाअध्यक्षसहित विजयी भएका हुन । ४ वडा अध्यक्ष काङ्ग्रेस र १ वडाअध्यक्ष स्वतन्त्रले जितेको हो ।

माओवादी केन्द्रका उम्मेदवार गणेश कुमार केसीले माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल”ले ५ हजार १२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका अमरसिं खड्काले ४ हजार २९३ मत ल्याएका थिए ।

त्यस्तै एमालेका चोपलाल खडकाले १५६ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्ली बहादुर खड्काले ५ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी रेउले खड्काले  ५ हजार १४३ मत ल्याएर विजयी भएकी छन् भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ४ हजार २१३ र एमालेकी धनकला बिष्टले १५६ मत ल्याएकी छन् ।

पछिल्लो अन्तिम पटक गणना गरिएको त्रिवेणी-२को अन्तिम मत परिणाम अनुसार उक्त वडामा मोतीराम पुनको प्यानल भारी मतसहित विजय भएको छ । उनले ४७६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी उदिराम बुढाथोकीले ३१२ मत ल्याएका छन् ।