राक्सिराङमा गठबन्धनको उम्मेदवार मल्ल र थिङ निर्वाचित

everest kitchen

सविन कुमार लोप्चन
हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङमा गठबन्धन पक्षको उम्मेदवारह्रु अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएका छन। अध्यक्ष पद्मा नेपाली काङ्ग्रेसबाट राज कुमार मल्ल र उपाध्यक्ष पदमा माओवादी केन्द्र बाट बनस्तम थिङ निर्वाचित भएको हो।

त्यस्तै अध्यक्ष मल्लले ५४८१ मत प्राप्त गरेको थियो भने एमालेबाट प्रत्यासी अध्यक्ष पदको उम्मेदवार बाबू लाल स्याङ्तानले ४५७२ मत प्राप्त गरेको थियो भने अध्यक्ष मल्लले ९०९ मत पराजित गरेको थियो त्यस्तै उपाध्यक्ष पदमा निर्वाचित थिङ ले ४८३९ मत प्राप्त गरेका थिए । एमाले बाट प्रत्यासी उम्मेदवार सुन्तली माया चेपाङ ले ४१२९ मत प्राप्त गरेको थियो भने ७१० मतान्तरले उपाध्यक्ष पदमा थिङ निर्वाचित भएका थिए ।

त्यस्तै अध्यक्ष पदमा निर्वाचित मल्ल २०७४ सालमा निर्वाचित गाउँ पालिका अध्यक्ष हो भने अहिले पनि पुन निर्वाचित बनेका हुन।

त्यस्तै वडा अध्यक्ष पदमा वडा नम्बर १ बाट एमालेको उम्मेदवार बाबी राम मोक्तान,२ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार बुद्धराम मोक्तान,३ मा एमाले बाट उत्तम वाईबा,४ मा एमले बाट सञ्जय कोईराला, ५ मा नेपाली काँग्रेस बाट कृष्ण बहादुर प्रजा,६ मा माओवादी केन्द्र बाट अकल बहादुर मोक्तान,७ नम्बरमा नेपाली कांग्रेसबाट राम बहादुर प्रजा,८ मा माओवादी केन्द्रबाट युसाई प्रजा र ९ मा राम कुमार थिङ निर्वाचित भएका छन।

त्यस्तै पालिका अध्यक्ष उपाध्यक्ष पुरै गठबन्धन नभए पनि राक्सिराङको २,३ र ४ मा भने गठबन्धन भएको थियो।