ग्रिन टिकाे बढदाे प्रयाेग : याैनशक्ति ,स्मरण शक्ति बढछ त?

everest kitchen

 

विपेन उलङगे । हिमाल टाईम्स
हिजोआज “ग्रिन टि’ अर्थात् जैविक हरियो चिया निकै चल्तीमा छ। नेपालमा ग्रिन टि काे प्रयाेग ब्यापक हुन थालेकाे केहि बर्षहरु मात्र भएकाे छ । यधपी ग्रिन टिमा सकरात्मक नेपाली तथा बिदेशिहरु उल्लेख्य मात्रामा रहेका छन ।

नेपालको ग्रिन टिले नेपालमा मात्रै हैन बिदेशमा पनि राम्रै बजार पाएकाे छ । अहिले बिदेश निर्यातको प्रमुख नेपाली उत्पादन मध्यमा ग्रिन टि पनि पर्छ । ग्रिन टिका नाममा काठमाडौंका धेरै स्थानहरुमा चिया पत्ति बेच्ने पसलहरु रहेका छन भने अधिकास हाेटल , रेष्टुरेन्टमा ग्रिन टि पिउन पाईन्छ ।

चियाको प्रयोग प्राचीनकाल देखि नै भएकाे पाईन्छ । चिया सम्बन्धि बिभिन्न किपदन्ति देखि बैज्ञानिक प्रयाेग बारेका तथ्यहरुमा पनि रहेका छन । केहि तथ्यअनुसार चिया चिनबाट सुरु भएकाे बुझिन्छ । प्राचिनकाल मै चिया पत्ति जडिबुटी रकाे रुपमा रहदै अाएकाे छ । त्यतिबैले विविध रोगबाट निर्मुल हुन चियाकाे उपयोग गरिन्थ्यो।

ग्रिन टिका बारेमा संसारका वैज्ञानिकहरुले अध्यन गरेर बिभिन्न तथ्यहरु पत्ता लगाएकाे छन । ग्रिन टि बेफाइदा भन्दा मानवीय स्वास्थ्यका लागि फाईदानै देखिन्छ । हरियो पत्ती चिया ९ग्रिन टि०का विविध फाइदाहरु मध्य क्यान्सर, रक्तचाप, कोलस्ट्रोल, ग्याष्ट्रिक र अल्जाइमर्सजस्ता रोगलाई कम गर्न भूमिका खेलेकाे देखिन्छ तर ग्रिन टिले कसरि यस्ताे भुमिका खेल्याे भन्ने बारे चियामा पाईने तत्वहरु बारे थप अध्यन पनि बिज्ञहरु गर्दै छन् ।

ग्रिन टि लगायत अहिले बजारमा बिभिन्न खाले चियाहरु पाईन्छन । बिशेष गरि चिया चार प्रकारले बर्गिकरण गरेकाे देखिन्छ । जस्तै ह्वाईट टि , ग्रिन टि , वलाङ टि र बल्याक टि । त्यसो त नेपालमा मात्रै यि चार बर्गिकरण भित्र रहेर दर्जनौं प्रकारमा चियाहरु उत्पादन हुने गरेका छन । ह्वाईट टि अर्थात सेताे चिया संसारमै महाेङगाे चियामा पर्छ भने प्रमुख प्रचलित चिया भनेकाे बल्याक टि अर्थात कालाे चिया ससस्ताे चियामा पर्छ । मध्यम र अहिले बिश्व बजारमा प्रमुख बजार अाेगटेकाे चिया भनेकाे आर्गानिक ग्रिन टि अर्थात जैविक हरियो चिया हाे ।

नेपालमा ग्रिन टिकाे प्रचलन बिस्तारै बढदै जाने क्रममा यसलाई नेटवर्किङ मार्केटिङ रुपमा बिक्रि बितरण गर्ने चलन बढेपछि झन यसले नेपालमा ब्यापक चर्चा पायाे । हर्बाे, ग्रिन हाेप जस्ता नेटवर्किङ कम्पनी र अन्य प्रत्येक्ष बिक्रि बितरणकाे उपाए अपनाएका कम्पनिहरुले पनि यसलाई प्रमुख उत्पादनकाे रुपमा देखाउदै बिक्रि गरे । यधपी यि कम्पनीहरुले महाेङगाे र बिभिन्न प्रलाेभनमा देखाउदै ग्रिन टि बेचेपछि सरकाले यस्ता कम्पनीहरुमा कडाई गय्राे । अहिले नेपालमा ग्रिन टि उत्पादन कम्पिन , बिक्रि पसलहरु पनि प्रसस्तै मात्रामा रहेका छन ।

काठमाडौं ठमेल क्षेत्रमा यस्ता चिया बेच्ने पसलहरु प्रसस्तै रहेका छन । त्यस्ता चिया पसलहरुले स्वदेशी तथा बिदेशि ग्रहाकलाई चियाकाे स्वाद चखाउदै चियाकाे बारेमा फाईदाहरु बताउदै चिया बेच्ने गरेका छन । ठमेल स्थित ग्रिन अार्गानिक एभिन्यु नामक चिया पसलका सञ्चालक डिके गुरुङकाे अनुभबमा पनि ग्रिन टिनै बढि बिक्रि हुने गरेकाे बताउछन । उनि भन्छन ू हाम्राे पसलमा ग्रिन टि मात्रै चार थरिकाे छ । सिन्छा ग्रिन , बान्छा ग्रिन, पेयरल ग्रिन , कर्ली ग्रिन लगायत रहेका छन । यि चियाहरुमा पनि भिन्न ( भिन्न स्वाद हुन्छ । तर फाईदा सबैकाे उस्तै हुन्छ । हामीले यहाँ अाउने ग्राहकलाई चियाकाे स्वाद चखाएर मात्रै बेच्छाै । साथै ग्रिन टि सबैले ब्यक्ति सेवन गर्दा राम्राे हुन्छ । तर गर्भवती महिला र बच्चाहरु र प्रेसर कम भएका ब्यक्तिहरुले थाेरै ठिक्क खाने सल्लाह दिने गरेकाे गुुरुङले बताए ।


नेपालको हरियाे चिया , कालाे चिया लगायतका चियाहरु विदेशी राष्ट्रहरुमा माग बढेकाे ब्यबसायिहरु बताउछन । तर यसलाई सरकारि तवरबाट अलि राम्राे संग ब्यबस्थापन गर्न सके नेपालकमे चिया बिश्व बजारमा राम्राे माग अाउने जानकारहरु बताउछन ।

हरियो चियामा पाइने इजिसिजी नामक तत्वले मस्तिष्कको क्रियाकलापमा तात्विक भिन्नता ल्याछ । स्वस्थ मानिसमा चिया पिउनाले स्मरणशक्ति बढाउछ। हिरियाे चियाले मानिसलाई बुढ्यौलीमा लाग्ने रोगहरु डिमेन्सिया  र अल्जाइमर्सका लागि पनि उपयोगी हुन सक्ने केहि अध्यनहरुले देखाएकाे छ ।

त्यसाेत हरियाे चियाले स्मरण शक्ति बढाउने, याैनशक्ति बढाउने , साैन्दाैर्य कायम, राेगहरुकाे निर्मुल जस्ता अाकर्षक फाईदाहरुकाे प्रचार रहेकाे छ । यधपी याे नै सतप्रतिशत भनेर अध्यनले ठाेकुवा त गरेकाे छैन । तर अध्यन सकरात्मक रहेकाे भने देखाउछ।