प्रोडुसर समाजमा तनाव, नियमनका लागि उजुरी दिदै २४ म्युजिक कम्पनी

नेपाली संगितको बजार खस्कीदो अवस्थामा पुगीरहेको परीपेक्षमा नेपालका धेरै जसो चलेका म्युजिक कम्पनिहरु यतिबेला जुर्रमुराएका छन् ।

धेरैजसो म्युजिक कम्पनीहरुको अबस्था दयनिय बन्दै गइरहेका बेला बिन्ध्यबासिनी म्युजिक प्रा ।लि सहित २४ जना उत्पादक तथा (प्रोडुसर) हरुले हिजो प्रतिलिपी रजिस्टारको कार्यालयमा सङ्गीत उत्पादक समाजमा भर्ना गरिएका संयौको सन्ख्याका सदस्यहरुको योग्यता अनुगमन र नियमनका निमित्त अनुरोध गर्दै निबेदन दिइएको छ।

प्रोडुसरको रोयल्टीमा ४० प्रतिशत सेवा शुल्क सँस्थाले लिनु जायज कि नाजायज हो भन्ने प्रश्न गरिएको छ । निर्वाचनलाई प्रभावित पार्ने किसिमले तय भएको निर्वाचन सम्बन्धी ब्यवस्था, नयाँ सदस्यहरु सदस्यमा उठ्न नपाउने, कार्यसमितीका सदस्य मात्र पदाधिकारीमा उठ्न पाउने र पदाधिकारी मात्र अध्यक्षमा उठन पाउने भन्ने ब्यबस्था सँस्थाको स्विकृति बिधानमा कहाँ उल्लेख छ रु भन्ने प्रश्न उठाउदै नियमनका निमित्त अनुरोध गरेका छन् ।

सस्था स्थापनाका बखत रजिस्टारको कार्यालयले कर चुक्ता प्रमाणपत्र नभएका सदस्य हटाएर सस्था दर्ता गरेको नजिर पेश गर्दै निबेदनमा कर चुक्ता प्रमाणपत्र भएका वास्तविक उत्पादकको पहिचान गरी कार्यालयको नजिर कार्यन्वयनका निमित्त अनुरोध पनि गरिएको छ ।

यो निबेदन, सस्थाको गरिमा – क्षेत्रधिकार सदस्यको अधिकार र वास्तविक सङ्गीत उत्पादकहरुको पहिचान गरी सस्थाको मर्यदा कायम राख्नका निमित्त दर्ता गरिएको जनाइको छ। हामी आँफैमा नियमन चाहन्छौ, सस्थाको गरिमा र यसको महत्वलाई जोगाउन चाहन्छौ भन्ने मनसाय निबेदकखउत्पादकहरुको रहेको एक कम्पनी संचालकले बताए।

नेपालमा श्रस्टा अधिकार र रोयल्टिको बिषयमा उल्यख्ये प्रगती नहुनुको मुख्य कारण

नेपालमा श्रस्टा अधिकार र रोयल्टिको बिषयमा उल्यख्य प्रगती नहुनुको मुख्य कारण पनि बिन्ध्यबासिनी म्युजिक प्रा .लिले ९ बुदा सहित औंल्याएको छ । कम्पनीको नाममा नर्कोटले दिने वार्षिक २५-३० लाखको अनुदान सहयोग रकम हो। यो पैसोले ल्याएको बिकृतिहरु निम्नानुसार छन ।

 

९ बुदा यस्ता छन्

१. सस्थामा सदस्यबन्न मरिहत्य हुने गरेको ।
२. चुनावमा उठन र पदमा पुग्न अनेक जालझेल हुनेगरेको ।
३. काम सुन्य,कुराको भकारी र गफको भाडो बनेको ।
४. पदाधिकारीमा श्रस्टा अधिकार भन्दा कागज मिलायर रकम खाने दाउमात्र आएको ।
५. रोयल्टीका बिषयमा बितरणको आधारहरु निर्माण भन्दापनी उठाउने हतारो हुनाले बिचलन आएको ।
६. सरोकारवाला ब्यक्तिभन्दापनी खुराफाती राजनीति सस्थामा हावी भएको ।
७. यो पैसो को कारण अधिकारकर्मीका आबरणमा अधिकार हननमा मनुजहरु तल्लिन रहेको ।

८. सङ्गीतकर्मी ब्यबसायी र श्रस्टा बिचमा अनावस्यक दुरी निम्ताएको ।
९. आँफै आँफैमा पिडित र पिडक श्रीजना गरी अधिकारलाई नै अतिरन्जित गराएको ।

नगद होइन प्राबिधिकूसहयोग मागौ । रोयल्टी सन्कलनका लागि आवश्यक पुर्वाधारूनिर्माण गरौ । श्रस्टाको श्रीजनाको सार्वजनिक प्रयोग र प्रायोजन किटानूहुने सिस्टमको बिकास गरौ । रोयल्टिको सन्कलन-बितरणमा कुनै समस्या आउँदैन। समस्या सस्थाको पैसो हो जय गीत जय सङ्गीत भन्दै यस्तो लेखका छन् ।

 

0
Shares

Comments

comments