राष्ट्रिय संगीत कर्मी संघको अधिवेशन वैशाख २५ भित्र हुने

राष्ट्रिय संगीत कर्मी संघको केन्द्रीय कार्य समितिको बैठकले सबै जिल्लाहरुको जिल्ला अधिवेशन ०७५ साल वैशाख २५ भित्रमा सातै वटा प्रदेशमा गरिसक्ने र केन्द्रिय महाधिवेशन ०७५ साल जेष्ठ १२ र १३ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरि बैठक सम्पन्न गरेको छ ।

संगीत कर्मी संघ नेपालको छैटौं चुनावी साधरणसभासँगै नागिकिदै गैरहेको बेला संगीत कर्मीसंघमा माहोल ह्वात्तै बढेको छ । रेशम थापाको नेतृत्वमा रहेको संगीतकर्मी संघले नवराज घोरासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।

 

काठ क्षेत्रका कलाकर्मीहरुको बाहुल्य रहेको उक्त संघमा भूगोलको आधारमा उम्मेदवारहरु रहेका छन् । राष्ट्रिय संगीतकर्मी संघमा अध्यक्ष नवराज घोरासैनी, उपाध्यक्षमा प्रकाश कटवाल, धनकुमारी थापा सरु, उमा श्रेष्ठ, कोषाध्यक्षमा रमेश दुलाल निर्विरोध निर्वाचित भएका थिए भने महासचिव, वरिष्ठ उपाध्यक्ष, सहसचिव र सदस्य पदका लागि भने निर्वाचनबाट चयन गरिएको थियो ।

यसपाली पनि नेपालका ४० जिल्लाका करिब ६०० संगीत कर्मीहरु जम्मा भइ नया नेत्रित्व चयन हुने राष्टिय संगीतकर्मी संघ नेपालले जनाएको छ ।बिगतका वर्ष झैँ यो वर्ष पनि अध्यक्षमा निर्विरोध चयन हुने देखिएको छ ।

जिल्ला र प्रदेश र केन्द्रीय संयोजक तोक्दै राष्ट्रिय संगीत कर्मि संघका सम्पुर्ण सदस्यहरुमा जानकारीे दिदै जिल्ला तथा प्रदेश तथा केन्द्रिय समिति मार्फत साधारण सदस्य लिएका र नवीकरण गर्न छुट्नु भएका सम्पूर्ण सदस्यहरुमा चाडो भन्दा चाडो आफुले सदश्यता नवीकरण गर्न अनिरोध गरेको छ । थप जानकारीका लागि ९८५१०५१४४६, ९८५१०१४९०१ र ९८५१०३३४४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

0
Shares

Comments

comments