हरिनास गाउँपालिकाले अध्यक्षकप भलिबल प्रतियोगिता गर्दै

हरिनास गाउँपालिकाले अध्यक्षकप भलिबल प्रतियोगिता गर्ने भएको छ ।हरिनास गाउँपालिकाको चित्रेको रोदिखोलामा यही चैत्र २० देखि २३ गते सम्म अध्यक्ष कप भलिबल प्रतियोगिता गाउँपालिकाले नै गर्न लागेको हो ।

अध्यक्षकप भलिबल प्रतियोगितामा हरिनास गाउँपालिकाको ७ वटै वार्ड बाट सहभागी हुन पाउनेछन् । त्यस्तै एक वडाबाट २ वटा टिम मात्र सहभागी हुन पाउनेछन् ।

प्रतिस्पर्धामा उत्रेर पहिलो, दोस्रो र तेस्रो भएका टिमलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार पुरस्कारको रासी रहेको हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले बताउनुभयो ।

उहाँले खेल मानव स्वस्थ जीवनको अपरिहार्य विषय भएकोले अध्यक्षकप भलिबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।

0
Shares

Comments

comments