होटल व्यवसाय छोडी मोडलिङमा चम्किएका सापकोटा

अर्घाखाँची जिल्लाको साबिक बलकोट गाविस हालको छत्रदेव गाउँपालिकामा साधरण परिवारमा जन्मेका कृष्ण सापकोटा अहिले अर्घाखाँची जिल्लाको गहना बनेका छन् ।

०४७ साल भदौ १८ गते बलकोटमा जन्मेका सापकोटाले ०६७ सालदेखि सांगीतिक तथा मोडलिङ क्षेत्रमा प्रवेश गरेका हुन् । यो भन्दा अगाडि भने उनी पेशाले होटल व्यवसायी रहेका थिए । आफ्नो नाम, ठाँउको पहिचान र जिल्लाको शान बढाउनको लागि भनेर आफू २१ वर्षको उमेरदेखि यस क्षेत्रमा प्रवेश गरेको उनी बताउँछन् ।

उनी भन्छन्ः ‘म सानै छदा देखि नै स्कुलहरूमा गित गाउने, मुक्तक, कविता लेखेर सुनाउने गर्थे । मेरो गित, मुक्तक सुनेर मलाई सबै साथिहरू र शिक्षकहरूले प्रोत्साहन गर्ने गर्नुहुन्थ्यो । हो त्यति बेलादेखि नै मैले यो क्षेत्रमा लाग्ने ठानिसकेको थिए । ’
थरि–थरि मान्छका थरि–थरि लक्ष्य र सपनाहरू हुने गर्छन् जस मध्ये सापकोटाको सपना भने मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गर्ने थियो ।

उनी आफूलाई कलाकार भन्दा पनि मोडल भनेर चिनाउन रुचाउछन् । किनकि उनले आफ्नो स्वरमा २ वटा मात्र गीत गाएका छन् । त्यही पनि विडम्बना भन्नु पर्छ त्यो गीत दर्शक, स्रोता माझ भने आउन सकेन । उनी भन्छन्– उति बेला आर्थिक कमीदेखि लिएर विभिन्न समस्याहरू भएका कारण गित रिलिज हुन सकेन । यसो त उनी कलाकार भन्दा पनि गीतहरूमा शब्द, संगीत भर्ने काम गर्छन् ।

उनले अहिलेसम्म आईपुग्दा २२ वटा गितमा शब्द संगीत गरेका छन् भने उनले सबै गरी १ सय भन्दा बढी गीतमा मोडलिङ गरेका छन् ।
उनी भन्छन् ‘म मेरो अबको जिन्दगी यसैमा बिताउने सोचमा छु । यो पेशामा जत्तिको दुःख छ त्यति नै सुखको आभास पनि छ । यो पेशाले मलाई गर्व महशुस बनाउनुका साथै मलाई बलकोटको ठिटो भनेर चिनाउन समेत सफल भएको छु ।’

आफूलाई यो क्षेत्रमा लाग्दा कसैले पनि यता राम्रो हुन्छ र गर्न सक्छस् भनेर नभनेकोले आफूलाई नै यस क्षेत्रको प्रेरणाको स्रोत मानेको बताउँछन् ।उनले कृष्णे मेरो नाम, बलकोटे ठिटो, मत तिम्रो बन्न सकिन, बाईखोलिको किनारमा लगायतका गीतहरू बजारमा ल्याउने तयारी गरेका छन् ।

0
Shares

Comments

comments