राज सिग्देलको ‘च्यानकुटि झ्याई’  सार्वजनिक

गीत सङ्गीत क्षेत्रको आधुनिक विधामा आफ्नो छुट्टै स्थान बनाउन सफल राज सिग्देलको स्वरमा निकैनै कर्णप्रिय गीत उनको आफ्नै युटुब च्यानल बाट  सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ ।

‘च्यानकुटि झ्याई’ बोलको यस  गीतमा शब्द बिष्णु घिमिरेको रहेको छ भने संगीत कृष्ण भारध्योजको रहेको छ ।  गीतको म्यूजिक भिडियोमा भने  भिमफेदी गाइज र जुना सुन्दासको जोडदार अभिनय देख्न सकिन्छ । उक्त भिडियोमा यस गीतको भावलाई अतिनै राम्रो संग न्याय गरेका छन ।

चर्चित निर्देशक युबराज वाईबाको निर्देशन रहेको छ भने छायाँकार उत्सब दाहालको छायांकन रहेको छ । एरेन्ज उदय राज पौडेलको रहेको छ । सम्पादन निशान घिमिरेको रहेको छ  ।

 

0
Shares

Comments

comments