स्याङ्जा हरिनास गाउँपालिकामा प्रथम न्यू सुर्यदय रनिङ कप हुदै

प्रथम न्यू सुर्यदय रनिङ कप गाउँ तथा कलब स्तरिय खुल्ला पुरुष एवम् भेट्ट्रान्स ( ३५ भन्दा माथि उमेर समुह ) भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०७४७५ स्याङ्जा हरिनास गाउँपालिकामा हुने भएको छ । भोलि चैत्र २८ देखि २०७५ साल बैसाख २ सम्म उक्त भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

 

उक्त भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको मुल आयोजक न्यु सुर्यदय युवा कलब- २ प्यार्सिङ हो भने सह आयोजक सरास्वती आमा समुह रहेको छ ।

 

नव वर्ष २०७५ सालको अवसरमा हरिनास गाउँपालिका र सोही गाउँपालिका वर्डा नम्बर २ को सहयोगमा ३ लाख र बाकी आफै लगानी गरि गरिब ५ लाख बराबरको निर्माण गरेको उक्त युवा कलबले चैत्र २८ गते नै खेल मैदान र कार्यक्रमको उद्घाटन गर्ने भएको छ ।

कप गाउँ तथा कलब स्तरिय खुल्ला पुरुष प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमस रु ।४०,४४४, रु ।३०,३३३, रु ।२०,२२२ र सिल, मेडल र प्रमाणपत्र रहेको छ भने भेट्ट्रान्स तर्फको प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमस खसी र बोका सहित सिल, मेडल र प्रमाणपत्र दिने भएको छ ।

 

 

उक्त प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्ने छन् । त्यसैगरि सोही प्रतियोगितामा तनहु, कास्की र स्याङ्जा गरि खुल्ला पुरुष तर्फ २२ टिम र भेट्ट्रान्स तर्फ १० टिम सहभागी रहेको सोही प्रतियोगिताका संयोजक एवम् पुर्व अन्तराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय रेफ्री टहल संह थापा मगरले बताउनुभयो ।

0
Shares

Comments

comments