सातदोबाटो ललितपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

ललितपुर । ललितपुरको सातदोबाटोमा अवस्थित गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्रले निशुल्क स्वास्थ्य शिविर सञ्चलन गर्ने भएको छ । ललितपुर १५ वडा स्वास्थ्य कार्यान्वयन समितिसँगको सहकार्यमा गोसाईकुण्डले निशुल्क शिविर सञ्चालन गर्नेभएको हो । बैसाख ८ गते शनिबार सञ्चालन हुने स्वास्थ्य शिविरमा बालरोग, नाक, कान, घाँटी, छाला तथा यौन रोगका साथै आँखा सम्बन्धि विशेषज्ञ परामर्श निशुल्क प्रदान गरिने केन्द्रले जनाएको छ ।

शिविर सातदोबाटोस्थित गोसाईकुण्ड स्वास्थ्य केन्द्रमा सञ्चालन हुने छ । बिरामी तथा तिनका आफन्तले ०१–५५४१३०३ मा फोन गरेर स्वास्थ्य शिविरको लागि आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

0
Shares

Comments

comments