ईयुको प्रतिवेदन कार्यान्वयन नगरे आन्दोलनगर्ने चेतावनी

‘पहिचानविरोधी संघीयता खारेज गर्नुपर्छ’

पहिचानमा आधारित संघीय गठबन्धनले युरोपियनयुनियनले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनगर्नुपर्ने माँग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै गठबन्धनले ईयुको प्रतिवेदनलागु गर्न आग्रह गरेको हो । इयुको प्रतिवेदनलागु नगरिए सरकारविरुद्ध कडा कदमचाल्ने पनि गठबन्धनले चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनमा आवद्ध खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले खस र आर्य भिन्नाभिन्नै समूदायभएकोले संविधानमापनि खस र आर्यलाई एउटै समूहमा राख्ननहुने धारणा राखे । उनले भने,‘खस र आर्यलाई भिन्नै समूहमा राख्नुपर्छ, खसलाई आदिवासीमा सूचिकृत गर्नुपर्छ।’
कार्यक्रममा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष एवम् पूर्व सांसद आर.के. खुम्बुले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पहिचान विरोधी भएको आरोप लगाए । उनले भने, ‘ओलीजी संघीयताविरोधी मान्छे हो, उहाँले संघीयतालाई असफल तुल्याउन विभिन्न चलखेलहरु गरिरहनुभएको छ।’ उनले आफूहरुलाई पहिचान नदिईए बन्दुक उठाउनपनि तयार रहेको चेतावनीदिए ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले पहिचानमा आधारित संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने,‘संघीयतालाई सिध्याउनेगरि ल्याईएको ७ प्रदेशलाई हामीमान्दैनौं, ७ प्रदेशलाई पूनः सख्याँकरण गरि ऐतिहासिक पृष्ठभूमि एव्म पहिचानका आधारमा थप प्रान्तहरु निर्माण गरिनुपर्छ, पहिचानविरोधी संघीयता र संविधान हामी मान्दैनौं।’

पहिचानविरोधी संविधानको विरुद्धमा थप संघर्ष गर्नपनिआफूहरु तयारी रहेको उनको चेतावनीथियो । आदिवासी जनजाति पार्टी नेपालका अध्यक्ष तामाङ बुद्धराज स्याङ्तानले गाई काटेर खाने आफूहरुको सनातन पहिचानभ एकोले गाई काटेर खानपाउनुपर्ने धारणा राखे । उनले भने, ‘गाईको टाउको हाम्रो कुलमा राखिन्छ, गोपालवंशमा पनि गाई काटेर खाईन्थ्यो, पछि राज्य एकीकरणको क्रममाहामीले काटेर खाँदै आएको गाइखान प्रतिबन्धलगाईयो, यसले हाम्रो पहिचानखोसेको छ।’ उनले आफूहरुले गाई काटेर खानपाउनुपर्ने माँग गरे ।
नेपा राष्ट्रिय पार्टीकाअध्यक्ष डा. विजय सैंजुले काठमाडौं उपत्यकाकाआदिवासी नेवारहरुको जमिनकब्जागर्दै वस्तीहरु विस्थापितहुनेगरि सडक निर्माण गर्ने कार्य तत्काल रोक्नुपर्ने माँग गरे । उनले नेवारहरुको पहिचानमाआधारित राज्यहुनुपर्नेमाजोड दिए ।

उनले नेवा र ताम्सालिङहरुको बाहुल्यता रहेको प्रदेशमा समेत डोरमणि पौडेललाई मुख्यमन्त्रीबनाईएको भन्दै आपत्तिजनाए । सामाजिकलोकतान्त्रिक पार्टीकाअध्यक्षकुमार राईले सुनसरीको धरानको ऐतिहाँसिककिराँतलिम्बुवान क्षेत्रमा जबरजस्तीनिर्माण गर्न लागिएको खानेपानी ट्याँकीतत्कालबन्दगर्न आग्रह गरे । उनले भने,‘भोजपुरको घोडेटार र मगरातको ढोरपाटनमा आदिवासी सभ्यतामाथिगरिएको अतिक्रमण तत्कालबन्दगर्नुपर्छ।’

राष्ट्रिय जनमुक्ति पार्टीकाअध्यक्ष केपीपालुङवाले पहिचानसहितको संघीयता माँगगर्दै कैलालीको टिकापुरमाभएको घट्नामामानसिकअसन्तुलनभएको ११ वर्षीय बालकसहित २६ जनानिर्दोष थारु नेताहरुलाई अढाई वर्षदेखि कुनै सुनुवाई बेगर जेलमाबन्दीबनाईनु दुःखद् र रंगभेदीकार्य भएको आरोप लगाए । उनले लक्ष्मण थारुसहित २६ जनाथारु नेताहरुलाई तुरुन्त रिहाई गर्न समेत माँग गरे । उनले थपे,‘त्यस्तै कैलालीअत्यधिकमतप्राप्तगरि प्रतिनिधि सभा सदस्यमाविजयीभएका रेशमचौधरीलाई तुरुन्तप्रतिनिधि सभा सदस्यको प्रमाणपत्र दिनुपर्छ।’

त्यस्तै तामाङ सालिङलोकतान्त्रिक पार्टीकाअध्यक्ष सिंहमानतामाङ्ले पहिचानसहितको संघीयता स्थापनागर्नको लागि सबै एकजुट भएर सशक्तआन्दोलनगर्ने चेतावनीदिए ।
गठबन्धनले आदिवासीसँग सम्बन्धितबिदाहरु सरकारले काटेको विरुद्ध आपत्तिजनाएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तीमा भनिएकोछ, ‘नेपाल आदिवासी जनजाति महासंघले यही बैशाख ७ र २२ गते घोषणा गरेको आन्दोलनकाकार्यक्रमहरुप्रति गठबन्धनको पूर्ण समर्थन र साथ छ।’

0
Shares

Comments

comments