चर्को शुल्कफिर्ता नगरे कडा आन्दोल : विद्यार्थी संगठनहरु

संयुक्त विद्यार्थी संगठनहरुले निजीविद्यालयहरुले चर्को शुल्कफिर्ता नगरे कडा आन्दोलनगर्ने चेतावनीदिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा संयुक्तविद्यार्थी संगठनले ‘निजीविद्यालयको चर्को शूल्कवृद्धि र शुल्क मापदण्ड निर्देशिकाकार्यान्वयनको सवाल’नामकअन्तरक्रियामाबोल्दै उनीहरुले यस्तो चेतावनीदिएकाहुन् । कार्यक्रममाबोल्दै शिक्षामन्त्रालयकाप्रवक्ता बैकुण्ठ अर्यालले कानूनभन्दामाथिकोहीपनिनभएको स्पष्ट पारे । उनले भने,‘सबै निजीविद्यालयगलत छैनन, जसले चर्को शुल्कलिएका छन्, तिनीहरुमाथिअनुगमन हुनुपर्छ।’

अर्याललेकानूनको अटेर गर्ने विद्यालयहरुलाई कारबाहीगर्ने मन्त्रालयको तयारी रहेको विश्वास दिलाए । त्यस्तै उनले सरकारले प्रदानगर्दै आएको १० प्रतिशत छात्रवृत्तिजसले पाउनुपर्ने हो उसले नपाएकोमागुनासो पोखे । उनले थपे,‘छात्रवृत्तिलाई नियमितगर्नुुपर्छ।’अनेरास्ववियुक्रान्तिकारीकाअध्यक्ष रञ्जिततामाङले आधारभुत र माध्यामिकतहको शैक्षिक प्रणालीमै ठूलो मतभिन्नतारहेको गुनासो पोखे । उनले भने,‘यो डरलाग्दो अवस्था छ । यो भिन्नताकम जर्न जरुरी छ ।’

प्यावसन र एन–प्यावसनले शुल्क वृद्धि छैन भनेर गलत कुरा बोलेको उनको आरोप छ । उनले भने,‘नीजीविद्यालयका सञ्चालकहरुले महँगीअनुसार चलेको भनेर भन्नुभएको छ, त्यो कुुरा नाटक हो, हामी घाटामा छौं, समस्यामा छौं भनेर नाटक नगर्नुहोस् । हामीले पनि देखेका छौं, कुन स्कुलकति घाटामा छ, कतिनाफामा छ भनेर।’शुल्कवृद्धि नघटाए तीप्रत्येक स्कुल अगाडि अभिभावक राखेर सार्वजनिक सुनुवाई गर्ने तामाङले चेतावनीदिए । उनले थपे,‘नेपाल संसारको दोस्रो ठूलो गरिब देश हो, तपाईहरुपनित्यहीअनुसार चल्नुहोस् । मनोमानी ढंगले अघि बढे सह्यै हुँदैन, हामीअहिलेपनिआन्दोलित छौं।’ प्यावसन र ऐनप्यावसनले बनावटीजवाफदिएर पन्छिन नपाउने उनको चेतावनीथियो । उनले भने,‘नेपालको नियम र कानूनअनुसार चल्नुपर्छ,होईन भने तपाईहरु चन्द्रमामागएर खोल्नुहोस्, मंगलग्रहमागएर खोल्नुहोस् वाविदेशमागएर खोल्नुहोस्, हामीलई आपत्ति छैन, यदि नेपालमाखोल्ने हो भने यहाँको नियम र कानून मान्नुपर्छ ।’ निर्देशिकाकार्यान्वयनगर्ने र शुल्कवृद्धि फिर्तागर्ने भनेर भनिएको एक वर्ष बितिसक्यो तर अहिलेसम्मती कुराहरु कार्यान्वयननभएकोमाउनले आक्रोश पोखे ।उनले भने,‘यदि यस्तै अटेरी गर्नेहो भने हामीतालाबन्दीगर्न बाध्य हुन्छौं ।’

प्यावसनकाअध्यक्षविजय सम्वाहाम्फेले शिक्षाको मापदण्ड बनाउनुपर्नेमाजोड दिए । उनले सरकारी तथानिजीदुवै विद्यालयको पढाईको मापदण्ड एकै किसिमको बनाउनुपर्नेमा जोड दिए । त्यस्तै राष्ट्रिय अभिभावक संघका अध्यक्षधर्मदेव देवकोटाले प्राथमिकशिक्षापाँचकक्षासम्मनिःशुल्कहुनुपर्नेमाजोड दिए। उनले भने,‘नीजीको पढाउने तरिका सामूदायिकविद्यालयमापनिहुनुपर्यो । सबै नैतिकजिम्मेवारी सरकारले लिनुपर्छ ।’देवकोटाले स्थानीयनिकायले आफ्नै कानूनबनाएको बताउँदै यसलेपनिअलिकतिभद्रगोल बनाएको गुनासो पोखे ।‘ यसमापहिले क्लियर हुनुपर्यो ।’–उनले थपे । अनेरास्ववियुकाउपाध्यक्ष महेश बर्तोलालेदेशमालोकतन्त्र, गणतन्त्र आएको र, राजनीतिक व्यवस्थामा पनिपरिवर्तन आएको तरशिक्षा क्षेत्रमालोकतन्त्रनआएको आरोप लगाए । नीजीविद्यालयनिर्देशिका र कानूनअनुसार किनचल्दैन्भन्दै उनले प्रश्न समेत तेर्साए । उनले अघि थपे,‘नीजीविद्यालयले गरेको ब्रम्हलुटलाई कसले नियन्त्रण गर्ने ?म यही मञ्चबाट सोध्न चाहन्छु।’

उनले नीजीविद्यालयहरुले मनोमानी ढंगले शैक्षिकशुल्कतोकिएको, शिक्षा क्षेत्रमाआतंकमच्चाइएको आरोप लगाए । उनले थपे,‘एक क्लासमापनि एक लाखशुल्कलिईएको छ, यस्था ठाउँमा निरिक्षण गर्नुपर्छ । हामीचुपलागेर बस्दैनौं, शुल्कवृद्धि घटाउनुपर्छ।’एनप्यावसनकामहासचिव सुवास न्यौपानेलेनीजीविद्यालयहरु पनि क, ख, ग श्रेणीमा बाँडिएको उल्लेख गर्दै विशिष्टश्रेणीमा रहेकाविद्यालयहरुले चर्कोमुल्यलिएकोले त्यस विषयमागम्भिर बन्नआग्रह गरे । आफूहरुमाथिअकुत सम्पत्तिकमाएकोभनेर लगाईएकोआरोपलाई खण्डन गर्दै न्यौपानले यसबारेमा आफूबाटै छानबिन गर्न चूनौतिदिए ।

त्यस्तै कार्यक्रमको सञ्चालक नेविसंघका केन्द्रियउपाध्यक्षपुष्पकुमार शाहीले निजीविद्यालयहरुमाचर्को शुल्कवृद्धि भएकोप्रति कडा आपत्तिजनाउँदै शुल्कवृद्धि नघटाएसम्म आन्दोलन नरोकिने बताए । उनले भने,‘हामी त आन्दोलित छौं । हामीविगतमापनिआन्दोलितथियौं । शिक्षालाई संविधानलेपनिमौलिकहकमा राखेको छ, मनलाग्दीगर्न पाईँदैन्।’
कार्यान्वयनको दिशामा नलगेरनीजीविद्यालयहरुले टालटुल गर्ने कामगर्न नहुने शाहीको धारणा थियो । उनले भने,‘नीजीविद्यालयहरुले ७प्रतिशतदेखि ४८ प्रतिशतसम्मशुल्क वृद्धि गरेका छन्, यसको विरुद्धमा विद्यार्थी संगठनले जेहाद छेडेका छन् । उनीहरुले आफ्नो गलतकुर्तत फिर्ता नगरेसम्महदैसम्मको आन्दोलन गर्छौं, आन्दोलन परिणाममुखी हुन्छ ।’ आफूहरुले कहिल्यैपनि कसैसँग सम्झौतानगरेको भन्दै यसपटकपनि आन्दोलनलाई सफलबनाएरै छाड्ने उनको उद्धघोष थियो ।

0
Shares

Comments

comments