चीनीयाँ रेल ल्याउनेबारे छिट्टै डिपिआर गर्ने: मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे छिट्टै संभाव्यता अध्ययन सम्पन्न गरेर डिपिआर सुरु गर्ने स्पष्ट पारेका छन् । पाँच दिन चीन भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे प्रि फिजिबिलिटी सुरु भएको जनाए । उनले पूर्व संभाव्यता अध्यनन सम्पन्न भएपछि डिपिआर अघि बढाउने सुनाए ।

 

उनले काठमाडौं(केरुङ रेलमार्गलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा अघि सारिएको बताए । उनले भने,”बीआरआई अन्तरगत अरु परियोजनाका विभिन्न मोडल हुनसक्छन् । तर, सीमा आरपार रेल्बे परियोजना चीनको ग्रान्टमा बनोस् भन्ने हाम्रो आग्रह छ ।”

 

हामीले यसलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा चीनले अनुदानमा बनाइदिओस् भनेर आग्रह गरेका छौं । यद्यपि हामी छलफलका लागि खुला छौं ।’ मन्त्री ज्ञवालीका अनुसार केरुड(काठमाडौंका साथै काठमाडौंवाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीवारे छलफल भएको छ ।भ्रमणको क्रममा नेपाल र चीनबीच द्धिपक्षीय उच्चस्तरीय भ्रमण आदान प्रदानबारेपनि कुराकानी भएको ज्ञवालीले जनाए । नेपालको विकासमा चीनको सहयोग रहने प्रतिबद्धता चीनीयाँ पक्षबाट आएको उनले स्पष्ट पारे ।

त्यस्तै, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा भएका सन्धि तथा सम्झौताहरुको शिघ्र कार्यान्वयनबारे आफूले कुरा राखेको पनि उनले जनाए । “यस विषयमा चीनीयाँ पक्ष सकारात्मक छ”, ज्ञवालीले भने,“मैले यो भ्रमणमा बिआरआई अन्र्तगर्त यातायात सञ्जाल, अन्तरदेशीय प्रशारण, कृषिमा आधुनिकिकरण, पर्यटन र जनस्तरको सम्बन्धमा जोड दिएको छु।”

 

त्यस्तै भुकुम्पपछि बन्द रहेको चीन जोड्ने तातोपानी नाका सुचारुको लागि पनि आफूले कुरा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने,“मलाई लाग्छ, केही प्राविधिक कामहरु बाँकी छन्, त्यो प्राविधिक कामको लागि लाग्ने समयपछि नाका सूचारु हुन्छ, यो नाका सूचारु हुन आवश्यक छ, नेपाल र चीनबीच आयात र निर्यात बढाउने माध्यम हो।”

चीन बसाईको क्रममा मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ वीसँग र चीनका उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए ।

0
Shares

Comments

comments