अधिकृतमा छनौट सफल विद्यार्थीहरुलाई डिमा एकाडेमीद्वारा बधाई तथा शुभकामना

१७ बैशाख २०७५,काठमाडौ!नेपाल सेनाको अधिकृत क्याडेटमा छनौट हुन सफल बिद्यार्थीहरुलाई डिमा एकाडेमीले एक कार्यक्रम आयोजना गरि बधाई तथा शुभकामना दिएको छ!

बागबजार अवस्थित होटल हार्दिकमा आयोजित कार्यक्रममा डिमा एकाडेमीले सिरियल संख्या ५८(बेसिक ५८ क्याडेटस) मा छनौट हुन सफल आफ्ना बिद्यार्थीहरुलाई प्रशङ्सा पत्र,मायाको चिनो सहित खादा ओढाएर बधाई तथा शुभकामना दिएको हो!लोक सेवा र नेपाली सेनाद्वारा लिइने परिक्षामा यस बर्षको सिरियल नम्बर ५८ वा बेसिक ५८ क्याडेटसमा १४० सिटमा डिमा एकाडेमी बाट प्रशिक्षित ९१ जना बिद्यार्थीहरुले नाम निकाल्न सफल भएका थिए!

 

 

कार्यक्रमको स्वागत मन्तव्यमा डिमा एकाडेमीका शिक्षक दिलिप ढकालले डिमा एकाडेमी देशकै पहिलो र सबैभन्दा ठुलो अधिकृत क्याडेट प्रशिक्षण संस्था भएको र डिमा एकाडेमीले वि.सं २०५५ देखि अधिकृत क्याडेटको तयारी कक्षाहरु ब्यवस्थित तरिकाले संचालन गर्दै नियमित रूपमा उत्कृष्ट नतिजा निकाल्दै आएको बताउनु भयो!

कार्यक्रममा बोल्दै डिमा एकाडेमीका सल्लाहकार एबम भुतपुर्व कर्णेल ज्ञानहरी श्रेष्ठले डिमा एकाडेमी देशकै उत्कृष्ट क्याडेट प्रशिक्षण संस्था रहेको र छनौटमा सफल सम्पुर्ण बिद्यार्थीहरुलाई नेपाली सेना सम्मानित र गौरवान्वित संस्था रहेकोे र उनीहरुको भबिस्य सुरक्षित एबम उज्ज्वल रहेको बताउनुभयो!त्यसैगरी कार्यक्रममा डिमा एकाडेमीका प्रमुख सल्लाहकार एबम अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल प्रदीप कार्कीले आफ्नो मन्तव्य राख्नुभयो!

कार्यक्रममा इतिहासबिद डा.सुरेन्द्र के.सी.छनौटमा सफल सम्पुर्ण क्याडेटहरुमा आफ्नो निजी वा एबम ब्यक्तिगत र पारिवारिक स्वार्थ र फाइदाको रुपमा नेपाली सेनाको जागीरलाई नलिइकन देश,रास्ट्र निर्माण र जनताको हितको लागी समर्पित रहन आग्रह एबम चुनौती दिनुभयो!अन्तमा डिमा एकाडेमीका प्रबन्ध निर्देशक अमिर राज अधिकारीले सफल सम्पुर्ण क्याडेटसहरुलाई अझ आउने समस्या र चुनौतीहरुलाई सामना गर्नलाई मानसिक र शारीरिक रूपमा तयार रहन र आफ्नो उद्देश्य पुर्तिको लागि अडिग रहन हौस्याउनु भयो!

उक्त कार्यक्रम नेपाली चलचित्रका नायक सन्तोष तामाङले संचालन गर्नुभएको थियो!

 

0
Shares

Comments

comments