रक्षाले अँगालेकी नयाँ युवक को हुन् ?

लामो समय देखि चर्चित सिरियल भद्रगोलबाट चर्चा कमाएकी कलाकार रक्षा श्रेष्ठको चर्चा फेरि चुलिएको छ । टेलिसिरियलमा मात्र होइन म्युजिक भिडियोमा समेत दर्शकहरुको माया पाएकी रक्षाको पछिल्लो म्य्ुजिक भिडियोमा उनको जोडीको रुपमा देखा परेका मेल मोडललाई लिएर न्युज पोर्टल र सोसल मिडियामा उनको गसिप बनेको हो ।
रक्षा म्यूजिकले निर्माण गरेको प्रमोद खरेलको मर्मस्पर्शी गीत “भूल भन्छ्यौ तिमीलेज्ञ मैले भुल्नै सकिन” बोलको म्यूजिक भिडियो केहि दिन अघि मात्र सार्वजनिक भएको थियो ।
भिडियोमा दक्षिण भारतिय कलाकार जस्तै देखिन मोडल सुवाषको अभिनय देख्न सकिन्छ भने उनलाई रक्षाले साथ दिएकी छिन । मोडल सुवाषको यस अघि सार्वजनिक भएको मेलिना तथा सोनामको स्वरमा रहेको “स्वर्गसरी” गीतको म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय भएको थियो । सुवास अभिनित पहिलो म्यूजिक भिडियोले उनलाई अभिनय क्षेत्रमा सम्भावना बोकेका मोडलका रुपमा हेरिएको छ ।
बिष्णु मिझारको शव्द संगीत रहेको गीतको भिडियोलाई जनक अधिकारीले छायांकन तथा सुजन घिमिरले निर्देशन गरेका छन ।
म्यूजिक भिडियो हेर्नुहोस

0
Shares

Comments

comments