बालुवाटारमा सारङगी धुन , प्रधानमन्त्रीले बजाए बांसुरि

everest kitchen


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्नॅसारङ्गी साँझ’को फाेटाेले चर्चा पाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा बालुवाटारमा सुमधुर सारङ्गी साझ लेखेर फाेटाे राखेपछि फाेटाेले चर्चा पाएकाे हाे ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको कार्यक्रम अबसरमा लिएकाे उक्त फाेटाेमा प्रधानमन्त्री केपी शर्मा अाेलीले बासुरि बजाएकाे र नेकपा नेता झलनाथ खनाल र माधब नेपालले सारङगी बजाउदै रमाइलो गरिएकाे देखिएकाे छ ।

कार्यक्रममा नेपालीको पूर्व देखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुको पनि सहभागिता रहेको थियो ।