नेकपाले छान्याे राष्ट्रियसभाका उम्मेदवार : गण्डकीबाट

everest kitchen

 

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुकाे टुंगो लगाएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लाई पनि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएकाे छ ।

त्ययस्तै  प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भसुाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार रहेका छन ।